चोलेन्द्र प्रकरणमा सभामुखको जवाफः टाउको हल्लियो, जिव्रो चलेन

नेपाली समाजमा एउटा भनाई छ– विसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस। प्रधानन्याधिश चोलेन्द्र शमशेर जवरा विरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने एमालेको प्रस्तावमा सभामुख अग्नि प्रसाद सापकोटाले यहि विधि अपनाएका छन् ।
नेकपा एमालेका सांसदहरुले सभामुख समक्ष प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा महाअभियोगको प्रस्तावको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर, सभामुख सापकोटाले टाउको हल्लाए तर जवाफ फर्काएनन्।
एमाले सचेतक शान्ता चौधरीले भनिन्–‘हामीले किन यो विषयमा ढिलासुस्ती गरिएको छ। यसलाई समितिमा पठाउनुहोस् भनेर सभामुखलाई भनेका छौँ। सभामुखले टाउको हल्लाउनुभयो, केही जवाफ दिनुभएन।’
माओवादी नेता देव गुरूङले प्रधानन्यायाधिश चोलेन्द्र विरुद्ध ०७८ फागुन १ गते प्रतिनिधि सभाको बैठकमा महाअभियोग प्रश्ताव पेश गरेपछि सभामुख सापकोटाले ०७८ फागुन २२ गते ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेका थिए। समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरूङ सुवेदी, रामबहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडल र शिवमाया तुम्बाहाङ्फे सदस्य छन्।
प्रतिनिधि सभा नियमावलीअनुसार महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफलपछि उक्त प्रस्ताव समितिमा जानुपर्ने ब्यवस्था छ। तर, अहिलेसम्म महाअभियोगको प्रस्ताव समितिमा पुगेको छैन।
सभामुख सापकोटाले उक्त महाअभियोग माथि छलफलका लागि चैत २ गतेको मिति तोकेका थिए। तर महाअभियोग माथि छलफल अघि नै सरकारले संसदको अधिवेशन अन्त्य गरिदिएपछि छलफल रोकिएको थियो। ०७९ साल जेठ ३ गतेबाट अधिवेशन सुरु भएपनि महाअभियोगमाथि छलफल भएको छैन।
राणा ०७९ मंसिरमा अवकाशमा जानेछन्। सरकारले यो विषयलाई मंसिरसम्मै लम्ब्याएर राणालाई सर्वोच्च फिर्ता हुन नदिने रणनीति वनाएको कतिपय नेताहरु वताउँछन् ।
चोलेन्द्रशमशेर राणा शान्ता चौधरी अग्नि प्रसाद सापकोटा