News

सहमति नमान्ने भन्दै फोहोर बोकेका गाडी वन्चरे डाँडामा स्थानीयले रोके

सहमति नमान्ने भन्दै फोहोर बोकेका गाडी वन्चरे डाँडामा स्थानीयले रोके

सरकारसँग जनप्रतिनिधिले गरेको सम्झौता नमान्ने भन्दै स्थानीयवासीले वन्चरे डाँडामा फोहोर बोकेका गाडी रोकेका छन् । काठमाडौं महानगरपालिकाका एक कर्मचारीका अनुसार आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् ।

उनीहरुले आफना पुरा नभएसम्म कुनै पनि सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको ति कर्मचारीले वताए । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने विषयमा छलफल भई सहमति बनेको थियो।

शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।

भएको थियो ।

तर, उक्त सहमति कार्यान्वयनमा स्थानीयले अवरोध गरेपछि समस्या जहाँको त्यही उभिएको छ। गत १४ जेठबाट काठमाडौं, ललितपुरलगायत अन्य स्थानीय तहको पनि फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ । वर्षा सुरु भएकाले फोहोर सहर भरी फैलिन थालेको छ भने संक्रमण जोखिम पनि उत्तिकै वढेको छ।

विशेष