News

वर्दिया घट्नामा गोली चलाउन प्रहरीलाई कसले दियो आदेश ?

वर्दिया घट्नामा गोली चलाउन प्रहरीलाई कसले दियो आदेश ?

बाघसहितका जंगली जनावर नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले आफुखुसी गोली चलाएको पाईएको छ। प्रहरीले गोली चलाउँदा बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक किशोरीको मृत्यु भएको छ भने चार जना घाईते छन् ।

उक्त घट्नामा गृहमन्त्री बालकृष्ण खाँणले आफुले गोली चलाउने आदेश नदिएको र बर्दियाका सिडिओ बन्धु प्रसाद बास्तोलासँग पनि अनुमति नलिएको भन्दै पन्सिएका छन् । उनले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताए।

‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उहाँको धारणा छ । नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन’ प्रतिनिधसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले भने, ‘म यो रोस्ट्रमबाट भन्न चाहन्छु नेपाल सरकार गृह मन्त्रालयको निर्देशन सम्झाइबुझाइ गर्ने, बरु सर्वपक्षीय सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने र कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने हो । गोली प्रहार गर्ने त आदेशै छैन ।’

यस विपरित आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको छ ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उनले मन्त्री खाँडले बताए । ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु’– उनले भने।

यो पनि,

वर्दियामा प्रहरीको गोली लागेर किशोरीको मृत्यु, प्रतिकारमा १८ प्रहरी घाईते

विशेष