News

बालेन्द्रको प्रतिवद्धता विपरित बन्चरे डाँडामा प्रहरी, केही स्थानीय पक्राउ

बालेन्द्रको प्रतिवद्धता विपरित बन्चरे डाँडामा प्रहरी, केही स्थानीय पक्राउ

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रतिवद्धता विपरित बन्चरे डाँडामा फोहोर फाल्न प्रहरी परिचालन गरिएको छ। यसअघि मेयर साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए ।

तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति विपरित मंगलवार विहानै फोहोर बोकेका गाडी राकिएपछि साहले प्रहरी परिचालनमा सहमति जनाएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिए ।

सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले रोकेका थिए । अहिले प्रहरी परिचालन गरेर फोहोर बोकेका गाडी त्यसतर्फ पठाईएको उनको भनाई छ।

फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासीलाई प्रहरीले नियन्त्रण पनि गरेको छ। अब प्रहरी लगाएरै भएपनि फोहोर उठाउँने उनले वताए । 

यसअघि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । तर, त्यो सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा अवरोध गरेका थिए ।

काठमाडौं, ललितपुर र आसपासका स्थानीय तहको फोहोर गत जेठ १४ गतेदेखि उठेको छैन। फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।


यो पनि,

सहमति नमान्ने भन्दै फोहोर बोकेका गाडी वन्चरे डाँडामा स्थानीयले रोके

बन्चरे डाँडा

विशेष