News अपराध सुरक्षा

सहयोगी पठाएर एआईजी पोखरेलले मागेको विदा अस्विकृत

सहयोगी पठाएर एआईजी पोखरेलले मागेको विदा अस्विकृत

नेपाल प्रहरीका आईजिपी धीरजप्रताप सिंहले ‘सम्वन्धितले नै विदा माग्नुपर्ने’ ब्यवस्थालाई टेकेर एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् । पोखरेलले यसअघि लिएको एक महिने विदा मंगलवार सकिएपछि थप विदाका लागि निवेदन दिएका थिए।

आईजिपी पोखरेलको बिदा अस्वीकृत भएको जनाईएको छ। पोखरेलले बुधबार सहयोगी मार्फत बिदाका लागि निवेदन बुझाएको र ‘सम्बन्धितले बिदा माग्नुपर्ने’ नियमअनुसार आइजिपी सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

यसैगरी घर ठेगानामा जानकारी गराउन समेत निर्देशन दिएको छ। आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। सँगै उनी एक महिने विदामा वसेका छन् । जेठ २४ गते विदा सकिएको छ। तर, उनले सर्वोच्चमा दर्ता गराएको रिटको किनारा अझै लागेको छैन।

पोखरेलको रिट निवेदनको सुनुवाइ अव जेठ ३० गते मात्रै हुने भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेको छैन । 

हालैको मन्त्रिपरिषद् बैठकले मानव स्रोत विभागमा रहेका उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरेको छ।

यो पनि,

आईजीपी नियुक्तिबाट सुरु भएको धिरज र विश्वराजको टसल रोचक मोडमा

विश्वराज पोखरेल

विशेष