News

डलरको फोटोकपी देखाउँदा पत्रकार यसरी पुगे झापाली जेलमा !

डलरको फोटोकपी देखाउँदा पत्रकार यसरी पुगे झापाली जेलमा !

नक्कली नोट बोकेको अभियोगमा एक जना भारतीय फोटो पत्रकार विगत ७ महिनादेखि झापा कारागारमा छन् । १०० डलरको अमेरिकी नोटको २२६ थान फोटोकपी बरामद भएपछि उनलाई चन्द्रगढी विमानस्थलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ।

भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभ रोय चौधरी गत मङ्सिर २ गते पक्राउ परेका हुन। कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएपछि उनलाई पक्राउ गरेको पाईएको छ।

गत मङ्सिर २४ गते उनलाई झापा जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई खोटा मुद्रासम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तर, उनले बयानमा भने आफु ‘मनी इज नथिङ’ नामक सर्ट मुभी सुटिङ गरी युट्युब च्यानलमा राख्ने प्रयोजनका लागि नेपालको बताएका छन् । आफुले ल्याएको डलरको फोटो कपी विमानस्थलका कर्मचारीलाई देखेर ‘कुल झोलामा लान मिल्छ ?’ भनेर सोध्दा उनीहरुले प्रहरी बोलाएर पक्राउ गराएको उनले वयानमा वताएका छन् । पहाडी पर्यटकीय स्थानको यात्राका लागि नेपाल आएको उनले बयानमा वताएको प्रहरीले जनाएको छ। उनले अदालतमा दिएको वयान अनुसार घरमा उनकी आमा मात्र छिन्। 

उक्त घट्ना सार्वजनिक भएपछि राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकार चौधरीको रिहाइका लागि अनुरोध गरेका छन् । चौधरी नक्कली नोटको कारोवारी नभएको दाबी गर्दै उनको मुद्दाको छिट्टै छिनोफोनो हुनुपर्ने माग वन्तले गरेका छन् ।

चौधरी नेसनल जिओग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इन्डियालगायतका सञ्चारमाध्यममा स्वतन्त्र (फ्रिलान्सर) फोटो पत्रकारको रुपमा कार्यरत रहेको र ‘स्निपर मंक ट्र«««ाभल्स’ नामक युट्युब च्यानल सञ्चालनमा रहेको अध्यक्ष वन्तले जानकारी दिएका छन्।

भिडियो सुटिङका लागि मात्र उनले अमेरिकी डलरको फोटोकपी गरेको पाइएको हुँदा उनको रिहाइ हुनुपर्ने माग पनि उनले गरेका छन् ।


 

विशेष