News

बन्चरेडाँडामा तनावः प्रहरीले अश्रुग्यास हान्यो, ढुङ्गा तेर्स्याएर स्थानीय डाँडा चढे

बन्चरेडाँडामा तनावः प्रहरीले अश्रुग्यास हान्यो, ढुङ्गा तेर्स्याएर स्थानीय डाँडा चढे

फोहोर फाल्ने विषयमा भएको असमझदारीले नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानियविच झडप भएको छ। झडपको क्रममा प्रहरीले स्थानीयलाई लक्षित गरी अश्रुग्याँस प्रहार गरेको छ। फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

बन्चरे डाँडामा मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ । अहिले अवस्था तनावपूर्ण भएको जनाईएको छ। 

बन्चरे डाँडामा काठमाडौंबाट दुई सय बढी प्रहरी परिचालन भएका छन्। ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ। स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन्। 

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।
 

विशेष