News

बन्चरेडाँडावासीसँग बार्ता गर्न तयार भयो सरकार, शुक्रवार छलफल

बन्चरेडाँडावासीसँग बार्ता गर्न तयार भयो सरकार, शुक्रवार छलफल

सरकारले बन्चरेडाँडा ल्यान्डफिल साईटका प्रभावित ब्यक्तिहरुसँग बार्ता गर्ने भएको छ। प्रहरी परिचालन गरेर प्रयास गर्दा पनि स्थानीयवासीले बन्चरेडाँडामा फोहोर फाल्न नदिएपछि सरकारले उनीहरुसँग वार्ता गर्न लागेको हो।

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा देखिएको समस्या समाधानका विषयमा सहरी विकास मन्त्रालय र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच शुक्रबार विहान ८ वजे वार्ता हुने जनाईएको छ।

वार्तामा संघर्ष समिति, गाउँपालिका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिहरूको सहभागिता रहनेछ । छलफलका क्रममा मन्त्रालयले माग सम्बोधन नगरे प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पुग्ने तयारी भएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका उपाध्यक्ष सनत उप्रेतीले बताए ।

सरकार र काठमाडौं महानगरपालिकाले सम्झौता गर्दै जाने तर, कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले फोहोर फाल्न नदिएको स्थानीयको भनाई छ। उनीहरुले बन्चरेडाँडामा फोहोर फाल्न दिएका छैनन् । मंगलवार प्रहरी लगाएर डेढ सय ट्रक फोहोर फाले पनि वुधवार ल्यान्डफिल साइट पुगेका झन्डै डेढ सय ट्रक फर्काइएको छ।

मंगलवार प्रहरीले सडकमा उत्रिएका ब्यक्तिलाई पक्राउ गर्नुका साथै घरघरमा पसेर महिलाहरुलाई समेत लछारपछार गरेको भन्दै स्थानीयवासी आक्रोशित छन् । वुधवार पनि विवाद भएपछि प्रहरीले स्थानीयलाई लक्षित गरी ३ सेल अश्रु ग्यास प्रहार गरेको थियो।

बिहीबार पनि उनीहरु प्रहरीसँग भिड्न ढुंगामुढासहित बसिरहेका छन् । काठमाडौं महानगरपालिकाको फोहोर १४ जेठदेखि उठेको छैन।

यो पनि,

बन्चरेडाँडा

विशेष