News

मन्त्रीको कार्यकक्षमा रमिताः एकै पार्टीका सांसद र मन्त्रीको तथानाम

मन्त्रीको कार्यकक्षमा रमिताः एकै पार्टीका सांसद र मन्त्रीको तथानाम

आगामी आर्थिक वर्षको बजेट वितरणलाई लिएर सत्ता साझेदार दलका सांसद र स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच आज मन्त्रालयमा तथानाम भएको छ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियारसहित आफनै पार्टीबाट मन्त्री वनेका श्रेष्ठलाई भेट्न पुगेका सांसद रामबाबु यादवले आफूले तीन पटक सिफारिस गर्दा पनि योजनाहरू बजेटमा नपरेको भन्दै विवाद गरे।

सोही क्रममा उनले टेबल ठोक्नुका साथै पानीको बोतल पनि बजारे। यो अवस्था वढ्दै गएपछि सांसद यादव र मन्त्री श्रेष्ठबीच मन्त्रीको कार्यकक्षमै हात हालाहालको अवस्था उत्पन्न भएको थियो।

बारा क्षेत्र नम्बर ३ बाट विजयी भएका यादवले मागेका योजनामा बजेट नहालिदिएको भन्दै टेवुल ठोक्ने, पानीका बोतल फाल्ने र आक्रोश पोख्ने गरेपछि अवस्था असमान्य वनेको थियो। ‘मन्त्री हुने, कार्यकर्तालाई भोट बैंक बनाउने तर योजना नहालिदिने’ भन्दै यादव कड्किएपछि श्रेष्ठ पनि आवेशमा आएको प्रत्यक्षदर्शीले वताए ।

मन्त्री र सांसदबीच हात हालाहालको अवस्था आएपछि श्रेष्ठको सचिवालयले प्रहरी बोलाएको थियो। इन्स्पेक्टरको नेतृत्वमा प्रहरी मन्त्रीको कार्यकक्षमा पुगेपछि आन्तरिक कुरा हो भन्दै पठाईएको थियो।

सांसद यादवले आफु अलि आवेशमा आएको स्विकार्दै हात हालेको विषय चै गलत भएको वताए ।
 

विशेष