News

प्रधानमन्त्रीकै पार्टीका सांसद सरकार खोज्दै संसदमा !

प्रधानमन्त्रीकै पार्टीका सांसद सरकार खोज्दै संसदमा !

सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले ‘सरकार कहाँ छ? भन्दै संसदमा प्रश्न गरेकी छिन् । प्रतिनिधि सभा संसदको आजको बैठकमा बोल्दै उनले सरकार जिम्मेवार र बफादार नबनेको बताउँदै सरकरको खोजी गरेकी हुन्।

प्रधानमन्त्री र गृहमन्त्री समेत आफनै पार्टीका नेताहरु रहेको गठवन्धन सरकार विरुद्ध सांसद संग्रौला आक्रोशित रुपमा प्रस्तुत भईन। नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएका, महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पु¥याउन नसकेको उनले वताईन।

हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले प्रश्न गरिन–‘सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नुपर्दैन?’
 

डिला संग्रौला

विशेष