News

एक्स्काभेटरले उछिट्याएको ढुंगाले लागेर विद्यार्थीको मृत्यु

एक्स्काभेटरले उछिट्याएको ढुंगाले लागेर विद्यार्थीको मृत्यु

सडक निर्माणको क्रममा एक्स्काभेटरले उछिट्याएको ढुंगाले लागेर गुल्मीमा १४ वर्षका एकजना विद्यार्थीको मृत्यु भएको छ। रूकुम मुसिकोट नगरपालिका–३ का गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो।

बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ। सडक निर्माण भइरहेको बेला एक्स्काभेटरले ढुंगा उछिट्याएपछि सोही ढुङ्गाले लागेर उनी गम्भीर घाइते भएका थिए। 

बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएपी माधवराज खरेलले जानकारी दिए ।

एक्स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

विशेष