News

प्रधान सेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणको उदेश्य के ?: सांसद पोखरेल

प्रधान सेनापति र प्रधानमन्त्रीको अमेरिका भ्रमणको उदेश्य के ?: सांसद पोखरेल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाली सेनाका सेनापति र त्यस लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको सूचना आएको भन्दै भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी मागेका छन।

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सांसद पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता प्रति आशंका ब्यक्त गर्दै भ्रमणको उदेश्य वारे जानकारी मागेका हुन।

उक्त सम्झौतामार्फत नेपाल अमेरिकासँग सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ । ‘नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ?’ भन्दै उनले सरकारलाई प्रश्न गरे। नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनको भनाई छ। 

अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आएका छन्। ए फ्लिन भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आएको भन्दै उनले आशंका व्यक्त गरे ।

इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ । त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको सूचना आएको उल्लेख गर्दै सांसद पोखरेलले भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी मागे।
 

विशेष