News

मुल्यविहीन भ्रष्ट राजनीतिले देशलाई ढिलोचाँडो श्रीलंकाकै अवस्थामा पुर्याउँछः नारायणकाजी

मुल्यविहीन भ्रष्ट राजनीतिले देशलाई ढिलोचाँडो श्रीलंकाकै अवस्थामा पुर्याउँछः नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश ढिलो वा चाँडो श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । उनले एउटा वा अर्को रुपमा देश श्रीलंकामा पुग्नबाट बचाउन समयमै यथास्थिति तोड्न सकारात्मक हस्तक्षेप गर्नु पर्ने वताएका छन् ।

निष्ठा, विचार–सिद्धान्त एवं मुल्यविहीन भ्रष्ट– स्वार्थी राजनीतिको बोलवाला र कुशासनले देशलाई श्रीलंकाकै अवस्थामा पुर्याउने उनको चेतावनी छ ।
 
‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो। तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिद्धान्त एवं मुल्यविहीन भ्रष्ट– स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पु¥याउने त्यतै हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 
 

विशेष