News

उदयपुर प्रहरीले नियन्त्रणमा लियो बोका खाने अजिंगर

उदयपुर प्रहरीले नियन्त्रणमा लियो बोका खाने अजिंगर

उदयपुरको एउटा सामुदायिक वनमा बोका निल्न सक्ने करिव २० किलोको अजिङगर फेला परेको छ। चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा अजिङगर फेला परेको हो।

आइतबार साँझ करिव १५ किलोको बोका निल्दै गरेको अवस्थामा अजिङगर देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय सुन्दरपुरको टोलीले उक्त अजिङगर पक्रेर सव डिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको छ। अजिंगरलाई बोरामा हालेर वन कार्यालयको जिम्मा लगाईएको हो।

उक्त अजिङगरले स्थानीय कृष्ण दाहालको बोका खाएको प्रहरीले जानकारी दिएको छ।

अजिङगरलाई उसको प्राकृतिक बासस्थानमा लगेर छोडिने वन कार्यालयका कर्मचारीहरुले जानकारी दिएका छन् । 

विशेष