News

१० किलोमिटर दौडमा वेहोस भएका ९ मध्ये १ प्रशिक्षार्थी प्रहरीको मृत्यु 

१० किलोमिटर दौडमा वेहोस भएका ९ मध्ये १ प्रशिक्षार्थी प्रहरीको मृत्यु 

प्रहरीको प्रशिक्षणमा सहभागि एक प्रशिक्षार्थी प्रहरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रहरी मुख्यालय गण धनगढी कैलालीमा तालिम अन्तर्गत १० किलोटिमरको दौडमा सहभागि हुँदा वेहोस भए ढलेका ९ जना मध्ये अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो।

वोहराको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए ।

२२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छँदा उनी दुई पटक वेहोस भएर लडेका थिए । त्यसपछि तत्काल डोटीमा सामान्य उपचारपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा पनि बेला–बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार उनको मृत्यु भयो।

उनीसँगै ढलेका ६ जना साधारण उपचारपपछि डिस्चार्ज भएका थिए भने सरोज चौधरी, प्रशान्त रावल र उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। 
 

विशेष