News

लेखक संगीत स्रोतामाथि पनि यौन दुर्व्यवहारको आरोप 

लेखक संगीत स्रोतामाथि पनि यौन दुर्व्यवहारको आरोप 

लेखक संगीत स्रोतामाथि पनि यौन दुर्व्यवहारको आरोप लागेको छ। लेखक सरिता तिवारीले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ बसेर आफूमाथि दुर्ब्यवहार भएको सार्वजनिक गरेकी हुन । 

०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार भएको दाबी गरेकी छन । आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको उनले वताएकी छिन् ।

उनले केही समयअघि ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन । थालनीमा असार ९ गते उजुरी परेको थियो। उजुरीकर्ताकै पहलमा दुवै पक्ष छलफल भएको थियो। 

समकालीन वामपन्थी लेखकहरूसँग छलफल गरेपछि लेखक राजेन्द्र महर्जन, अभय श्रेष्ठ र धनकुमारी सुनारको उपस्थितिमा सहमति भएको थियो। मध्यस्थकर्तासहित बसेर मुद्दा टुंगिएको र आफ्नो जाहेरीपत्र अब निष्क्रिय हुने भन्दै तिवारीले असार १९ गते धन्यवादसहित चिठी पठाएको थालनीका कार्यवाहक संयोजक प्रमोद धितालले वताए।

तिवारीले भने त्यो सहमति गर्दा आफू दबाबमा रहेको र असहमतिबीच पनि शब्दहरू सम्पादन गरिएको आरोप लगाएकी छिन् । 

आरोपित संगीतले भने आफूमाथि लागेको आरोप प्रतिशोधपूर्ण भएको दाबी गरेका छन । ०७२ मा घटना भएको भनिए पनि त्यसपछि पनि आफूहरूले सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा सद्भावपूर्ण ढंगले सहकार्य गरेको, निरन्तर संवादमा रहेको तर मार्क्सको यौन चरित्रबारे तिवारीले लेखेको आलेखको पक्षमा आफू बोल्न नमानेपछि प्रतिशोधपूर्ण ढंगले बदनाम गर्न खोजिएको प्रस्टीकरण दिएका छन ।
 

लेखक यौन दुर्व्यवहार संगीत स्रोता

विशेष