News

बुटवलको होटलमा २१ वर्षिया किशोरी मृत फेला, सँगै वसेका पुरुष पक्राउ

बुटवलको होटलमा २१ वर्षिया किशोरी मृत फेला, सँगै वसेका पुरुष पक्राउ

बुटवलको होटलमा २१ वर्षिया किशोरी मृत फेला परेकी छिन् । गोलपार्कस्थित पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति एक पुरुषसँगै बास बसेकी सदीक्षा गुरुङको शव फेला परेको हो।

बुटवल–२ की बासिन्दा गुरुङ होटलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।

सदीक्षासँगै बसेका युवक पक्राउ परेका छन्। उनको परिचय प्रहरीले खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए । मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएका छन् । प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ।
 

विशेष