News राजनीति

किन संघीयताको विपक्षमा उभिए गोकुल वास्कोटा ?

किन संघीयताको विपक्षमा उभिए गोकुल वास्कोटा ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटा संघीयताको विपक्षमा उभिएका छन् । उनले नेपालमा संघीय व्यवस्था आवश्यक नरहेको दाबी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुवा गोवद्र्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख र दमौली अस्पतालमा रहेको ‘गोवद्र्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ छुट्याइएको विषयमा प्रतिक्रिया दिदै वास्कोटाले संघीयताको औचित्यमा प्रश्न उठाएका हुन।

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा १० करोड रुपैयाँ व्यक्तिका नाममा विनियोजन गरिएको छ। व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन उक्त रकम विनियोजन गरेको हो। जसमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसमेत मुछिएका छन्।

सामाजिक विकास मन्त्री श्रेष्ठले पनि बुवाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन्। उनका बुवा आमाका नाममा खोलिएको ‘पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट’ लाई अर्को शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन्। सामाजिक विकास मन्त्री श्रेष्ठले दुई वटा शीर्षकमा गरी आमा बुबाका नाममा १ करोड विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख छ। 

सोही विषयमा प्रटिक्रिया जनाउँदै बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘र, फेरि पनि भन्छु– यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रस्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन।’

बास्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मानिदिनु परेको तर संघीयताको खाँचो नभएको बताउँदै आएका छन् । 
 

गोकुल बास्कोटा

विशेष