News

जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई किन दलियो कालोमोसो

जनक शिक्षाका प्रबन्ध निर्देशिक झालाई किन दलियो कालोमोसो

पाठ्यपुस्तकको कृतिम अभाव गराई भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाका विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेका छन्।

नेकपाका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले झालाई कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको आरोप लगाए। विद्यार्थीले जनक शिक्षा र त्यहाँ कार्यरत अधिकारीहरुमाथि ६ बुँदे आरोप लगाएका छन् ।

राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको जस्ता आरोप अखिल क्रान्तिकारीले लगाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र कालोमोसो अनिल कुमार झा

विशेष