News

दर्ता भयो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी

दर्ता भयो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घन्टी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

पार्टीका प्रवक्ता मुकुल ढकालले दल दर्ताको प्रमाण पत्र पाएको जानकारी दिए । आयोगले लामिछानेको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घन्टी रहेको जानकारी दिए।

पार्टीको नाममा स्वतन्त्र राख्न नहुने भन्दै आयोगमा उजुरी परेको थियो। लामिछानेले प्रस्ताव गरेको नाम राखेर पार्टी दर्ता नगर्न उजुरीमा माग गरिएको थियो।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि राजनीतिमा लाग्ने घोषणा गर्दै काम गरिरहेको ग्यालेक्सि फोरके टेलिभिजनबाट राजिनामा दिएका थिए । उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।
 

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

विशेष