News

रिसाए बालेन्द्रः जथाभावी फोहोर फाल्नेलाई खोजेर २५ हजार जरिवाना

रिसाए बालेन्द्रः जथाभावी फोहोर फाल्नेलाई खोजेर २५ हजार जरिवाना

घर–घरबाट संकलन गरेको फोहोर धोविखोलामा फाल्ने एउटा कम्पनीलाई काठमाण्डौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ।

महानगरपालिका ९ स्थित प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले जरिवान तिराएको हो। नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द्र साहले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा जरिवाना तिराएको रसिदसहित  लेखेका छन्– ‘सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ । चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए ।’

मेयर साहले अवाञ्छित काम नगर्न अनुरोध पनि गरेका छन् । ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ’ उनले लेखेका छन्–‘यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पु¥याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहो¥याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।’ 


 

विशेष