News

प्रचण्डलाई चीनको सन्देशः नेपालमा हस्तक्षेप गर्दैनौ, अरुले गरे स्विकार्दैनौं

प्रचण्डलाई चीनको सन्देशः नेपालमा हस्तक्षेप गर्दैनौ, अरुले गरे स्विकार्दैनौं

चीनले नेपालको आन्तरिक मामिलामा अरु देशको हस्तक्षेप स्विकार नगर्ने सन्देश दिएको छ।

चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गर्दै नेपालमा आफू पनि हस्तक्षेप नगर्ने र अरुले हस्तक्षेप गरे त्यो पनि नसहने सन्देश दिएका हुन।

दुई घण्टा लामो छलफलमा चीनले नेपालमा कुनै पनि शक्ति राष्ट्रको हस्तक्षेप आफ्ना लागि स्वीकार्य नहुने बताएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए। ‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यससँगै नेपालमा अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहना व्यक्त राखेको छ’ ति नेताले भने।

लिउले प्रचण्डसँग मुख्य चार कुरा गरेको माओवादी नेता वर्षमान पुनले वताए । छिमेकीलाई प्राथमिकता दिएर आफुले पहिलो भ्रमण नेपाल गरेको, माओवादी, एमाले, काँग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन आफनो भ्रमण केन्द्रित रहेको, नेपालमा लगानी विस्तार गर्न चीन तयार रहेकाले बीआरआई अगाडि बढाउन चाहेको तथा चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको लिउको भनाई थियो। 

जवाफमा दाहालले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएका थिए। नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि वताएका थिए ।

चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि दाहालले धन्यवाद दिए। भेटमा अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल सहभागी थिए।

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलसँग दाहालको अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो  भेटबार्ता भएको थियो।
 

लिउ जियान्चाओ

विशेष