News

नेताका पितृका नाममा छुट्याईएको वजेट फिर्ता (विज्ञप्तिसहित)

नेताका पितृका नाममा छुट्याईएको वजेट फिर्ता (विज्ञप्तिसहित)

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीका बाबुआमाका नाममा छुट्याईएको वजेट फिर्ता हुने भएको छ। चौतर्फी आलोचना भएपछि कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा छुट्याईएको बजेट फिर्ता गर्न निर्देशन दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका नाममा वजेट छुट्याईएको थियो।

जसमा मुख्यमन्त्री पोखरेलका बुवा गोवर्धन शर्माको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।

मुख्यमन्त्री र मन्त्रीसँगै अन्य ब्यक्तीका नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा पनि बजेट विनियोजन भएपछि नागरिकस्तरबाट विरोध भएको थियो । संघीय सरकारका मन्त्रीले जस्तै प्रदेशका मन्त्रीले पनि राज्य कोष दोहन गर्न थालेको भन्दै सर्वसाधारणले आलोचना गरेका थिए । गण्डकी प्रदेश सरकारको उदाहरण दिदै नेकपा एमालेका नेता गोकुल बासकोटाले प्रदेशको औचित्यमाथि नै प्रश्न उठाएका थिए ।

शिक्षामन्त्री श्रेष्ठले आइतबार नै आफ्ना बुवा–आमाको नाममा छुट्याइएको बजेट फिर्ता लिइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले पनि विभिन्न व्यक्तिका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा छुट्याइएको बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिएका छन् ।

विशेष