News राजनीति

यस्ता छन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य

यस्ता छन् रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्य

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आफै छन भने सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरु छन्।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। उनको दललाई आजै आयोगले दर्ता गरेर प्रमाण पत्र दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी छाप तोकिएको छ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी

विशेष