News

भारतको सहयोगमा डोटीमा निर्मित विद्यालय र छात्रावास भवन उद्घाटन

भारतको सहयोगमा डोटीमा निर्मित विद्यालय र छात्रावास भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा डोटीमा निर्मित विद्यालय र छात्रावास भवनको आईतवार उद्घाट गरिएको छ। जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन गरिएको हो।

काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा विद्यालय तथा छात्रावास भवनको उद्घाटन गरेका हुन। 

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको ९६ लाख ९० हजारको लागतमा भवन निर्माण गरिएको हो। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो । 

६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत यो विद्यालय डोटी जिल्लाकै एक प्रतिष्ठित विद्यालय हो । यस नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्नेछ दुतावासले विश्वास लिएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सात वटै प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये डोटीमा ३ सहित सुदूरपश्चिम प्रदेशमा ३४ वटा छन् । 
 

विशेष