लेखा समितिको बैठक एमालेद्वारा बहिस्कार
![लेखा समितिको बैठक एमालेद्वारा बहिस्कार](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/lekha.jpg)
नेकपा एमालेले लेखा समितिका सभापतिको राजिनामा माग्दै बैठक बहिस्कार गरेको छ ।
बिहान ११ बजे बोलाइएको बैठक ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायतले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नछोडेको भन्दै आपत्ति जनाए।
त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् । सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने अडान एमालेको छ।