News

आफ्ना बुवाको योगदानलाई नचिनिदिएको गण्डकीका मुख्यमन्त्रीको गुनासो

आफ्ना बुवाको योगदानलाई नचिनिदिएको गण्डकीका मुख्यमन्त्रीको गुनासो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो बुवाको योगदानलाई अहिलेको पुस्ताले नचिनिदिएको भन्दै गुनासो गरेका छन् । उनले आफनो बुबाको वारेमा ब्याख्या गर्दै उनको सम्मान गर्न पनि सम्झाएका छन् ।

बुवा गोवर्द्धन शर्माको मेमोरियल ट्रष्टलाई बजेट छुट्याउँदा विरोध भएपछि उनले यसरी गुनासो गरेका हुन। मंगलबार प्रदेशसभाको विशेष समय मागेर बोल्दै मुख्यमन्त्री पोखरेलले गोवद्धन शर्मा आफ्नो पितामात्रै नभइ प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकाले प्रदेशकै सम्मानको रूपमा लिनुपर्ने बताए ।

‘पञ्चायतको विरोध गर्दा पटकौँपटक हिरासत र जेल वरण गर्नुभयो । त्यो व्यक्तिलाई अहिलेको पुस्ताले चिनेन’ उनले भने–‘तर, अघिल्लो पुस्ताले त्यो व्यक्तिको नाम लिँदै गर्दा मलाई लाग्छ प्रदेशकै सम्मानको रूपमा लिनुपर्ने व्यक्तित्व हो।’

आफ्नो बुवा र परिवारले गरेको योगदानको चर्चा हुन नसकेकोमा उनले दुःख पनि प्रकट गरे । ‘मेमोरियल ट्रष्ट १५ वर्षदेखि छ । नेपाल सरकार, अन्य विभिन्न संस्थाबाट सहयोग ल्याएर अर्गानिक खेती, कृषिका रिसर्च सेन्टरको काम गरिरहेको छ । त्यो संस्थालाई प्रदेश सरकारले रकम विनियोजित ग¥यो। गरिब मुख्यमन्त्रीलाई एक रुपैयाँ राख् भनेर राजनीति भजाउने कुरा हो । व्यक्तिमात्रै होइन परिवारले पनि धेरै गरेको छ । त्यो कुरा हुन सकेन ।’– उनले भने।

एमालेनिकट अनेरास्ववियु र युवा संघले मुख्यमन्त्री र मन्त्रीको कोषलाई भनेर ‘एक रुपैयाँ’ संकलन अभियान चलाइरहेको विषयमा उनले यसरी आपत्ति जनाएका हुन।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रममा गोवद्र्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायत शीर्षकमा १ करोड ९० लाख रुपैयाँ छुट्याएको थियो।

यी अधिकांश कोष मुख्यमन्त्री, मन्त्री र कांग्रेस नेताको परिवारसम्बद्ध हुन् ।

यो पनि,

कृष्णचन्द्र नेपाली पोखरेल

विशेष