News

श्रीलंकामा नयाँ मोडः राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीलाई घोषणा गरे कार्यवाहक राष्ट्रपति

श्रीलंकामा नयाँ मोडः राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीलाई घोषणा गरे कार्यवाहक राष्ट्रपति

राजिनामा दिने अपेक्षा गरिएका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेपछि नयाँ मोड सुरु भएको छ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्। प्रधानमन्त्री रनिल विक्रमसिङ्घले श्रीलङ्कामा सङ्कटकाल घोषणा गरेका छन्। मुलुकको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। उनकी श्रीमती पनि सँगै रहेको बताइएको छ। श्रीलंकाली वायु सेनाले सरकारको आग्रहमा राष्ट्रपतिलाई जहाज उपलब्ध गराएको बताएको छ ।

राष्ट्रपति भागेपछि श्रीलंकामा प्रधानमन्त्री रणिल विक्रमासिंघेको राजीनामा माग्दै पुनः प्रदर्शन चर्किएको छ । विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भएयता (सन् १९४७) कै गम्भीर आर्थिक संकटबाट जुझिरहेको छ । जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ ।

विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित छन । मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति राजपाक्ष र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्ष जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन । आन्दोलनकै दबाबमा महिन्दाले पद त्याग गरिसकेका छन ।
 

विशेष