कांग्रेसमा उठ्यो नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धर्मनिरक्षता हटाई नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले लिखित रुपमै यो माग अघि सारेका छन् ।
नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने पराजुलीको माग छ। ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका कुराहरु पनि त्यत्तिकै आएका छन्’ उनले भनेका छन्–‘यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितमिा प्रस्ताव राख्न चाहन्छु ।’
यो एजेण्डाले कांग्रेसलाई नै हित गर्ने दावी गर्दै यसका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने पराजुलीले आग्रह गरेका छन् ।