News

भृकुटीमण्डपको ह्विलचेयर गोदाममा आगलागी 

भृकुटीमण्डपको ह्विलचेयर गोदाममा आगलागी 

काठमाडौंको भृकुटीमण्डप स्थित ह्विलचेयर गोदाममा आगलागी भएको छ। दिउँसो झन्डै तीन बजेतिर ह्विलचेयर राखेको गोदाममा आगलागी भएको हो। 

आगो नियन्त्रणको काम भईरहेको छ। दमकल, नेपाल प्रहरीलगायत अन्यको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन । 
 

विशेष