News

कांग्रेसका नेता ‘प्रिन्सिपल’ ले विद्यार्थीलाई गोरु कुटे झैं कुटे

कांग्रेसका नेता ‘प्रिन्सिपल’ ले विद्यार्थीलाई गोरु कुटे झैं कुटे

ललितपुरको गोदावरी नगरपालिका स्थित एउटा वोर्डिङ्ग स्कुलका प्रिन्सिपलले ११ वर्षिय विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। घट्ना सार्वजनिक भएपछि छाकछोप गर्न परिवारका सदस्यलाई धम्क्याउने र प्रलोभन दिने गरिएको छ।

घट्ना ठेचो स्थित लिटिल स्टार ईङ्लिश स्कुलको हो। केही दिन अघि एक शिक्षिकासँग ‘मुख लागेको’ भन्दै प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने ११ वर्षिय ति बालकलाई फलामको स्केलले निर्घात कुटपिट गरेको पाईएको छ।

बालकको शरिरमा स्केलले कुटेको डाम र स्केलको धारले काटिएको घाउ छ । प्रिन्सिपलको कुटाईका कारण बालक घाईते भएपछि घट्ना सार्वजनिक भएको थियो। वालकको घाउ जाँच र उपचार पाटन हस्पिटलमा भएको छ। ति बालक फुपुको घरमा वसेर पढिरेहका छन्।

बालकलाई निर्घात कुटपिट गरी घाईते वनाएपछि परिवारका सदस्यले प्रिन्सिपल विरुद्ध महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएका थिए । तर, उनीहरु प्रहरीमा पुगेको जानकारी पाएपछि प्रिन्सिपलले प्रहरीमा दवाव श्रृजना गरेर उजुरी दर्ता हुन नदिएको उनीहरुको गुनासो छ।

प्रहरीले पीडित परिवारलाई विभिन्न वहाना वनाएर गत शुक्रवारदेखि आईतवार साँझसम्म झुलाएर राख्यो। ‘हाम्रो वच्चाले कुटाई खाएको छ, तपाईहरु उजुुरी दर्ता किन गर्नु हुन्न ? अव हामी मिडियामा जान्छौं’ भनेपछि प्रहरीले तेस्रो दिन मात्रै प्रिन्सिपललाई बोलाएर छलफल गराएको परिवारका एक सदस्यले जानकारी दिए ।

त्यसपछि पनि प्रहरी र स्थानीय राजनीतिक दलका नेताहरुसहित लागेर उजुरी दर्ता गर्न दिएनन्। वरु ‘यस्तो घट्नामा मिलेर जानु पर्छ। हामी सवै एकै ठाउँमा वस्ने हो, दुस्मनी गरेर हुँदैन’ भन्दै मिलापत्र गर्न दवाव दिएको उनीहरुको गुनासो छ। विचौलिया सक्रिय भएपछि जाहेरी दिन डर लागेको परिवारले जनाएको छ।

जानकारी अनुसार प्रिन्सिपल महर्जन कांग्रेसका नेता हुन् । उनको मुद्धा मिलाउन कांग्रेसका नेता÷कार्यकर्ता र प्रहरी चौकी चापागाउँसम्मको मिलेमतो देखिएपछि उजुरी दर्ता गर्न नसकिएको जनाईएको छ।

वरु १० कक्षासम्म निशुल्क पढाई दिने कागज बनाएर प्रिन्सिपललाई उन्मुक्ति दिईएको छलफलमा सहभागि एक सदस्यले जानकारी दिए । उनका अनुसार कागज वनाने वेलामा पनि बालककी फुपु (मुख्य अभिभावक) लाई सहभागी गराईएन। यता प्रहरीले समेत अझै पनि पीडित परिवारलाई धम्क्याउने गरेको छ। ‘अव फेरि यो मुद्धा लिएर नआउनु, नभए थुनिदिन्छु’ भन्दै प्रहरीले धम्क्याउने गरेको उनीहरुको गुनासो छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा विद्यालयका प्रिन्सिपल चक्र महर्जनले भने फोन उठाएनन्।

कुटपिट लिटिल स्टार ईङ्लिश स्कुल

विशेष