News राजनीति

रवि लामिछानेको घोषणा : नेपालमा बनेका कपडा मात्रै लगाउँछु

रवि लामिछानेको घोषणा : नेपालमा बनेका कपडा मात्रै लगाउँछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुमा राष्ट्रवादी चरित्र प्रस्तुत गर्न खोजेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले अबदेखि नेपालमा बनेका कपडा मात्रै लगाउने घोषणा गरे।

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। स्वदेशी उत्पादनको प्रवद्र्धनमा आफ्नो पार्टी पनि लागिपर्ने उनले प्रतिवद्धता जनाए ।

‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ’ उनले भने–‘मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’

‘मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु’ उनले थपे–‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ ।’

आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने पनि घोषणा पनि गरेका छन् । 
 

रवि लामिछाने

विशेष