जसपाबाट निकालिए बाबुराम, अशोक राई संघीय परिषद अध्यक्ष
जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकालिएका छन्। भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरिएको छ।
अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जनालाई हटाउने निर्णय गरेको हो। भट्टराईको ठाउँमा अशोक राईलाई लाई हटाएर संघीय परिषद् अध्यक्षमा चयन गरिएको छ।
भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको जनाईएको छ।
भट्टराई पक्ष भने बैठकमा सहभागि भएको छैन। उनी पक्षले काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको छ। संघीय परिषद सदस्य महेन्द्र राय यादवले विरगञ्जमा असुरक्षा भएपछि कार्यक्रममा सहभागि नभएको वताएका थिए । काठमाण्डौंको सुविधा छोडेर विरगञ्जमा कार्यक्रम गर्नुको उदेश्य के हो ? भन्दै उनले बावुराम पक्षलाई असुरक्षा खडा गरेर दवावमा राख्न त्यसो गरिएको आसमा अभिब्यक्ति दिएका थिए।
जसपा बाबुराम भट्टराई अशोक राई