News

नेपाल बन्दलाई बालेन्द्रले छुट्याए १ करोड, यस्तो छ नालिबेली

नेपाल बन्दलाई बालेन्द्रले छुट्याए १ करोड, यस्तो छ नालिबेली

काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र साह एकपछि अर्को विवादले घेरिन थालेका छन् । काम गर्ने शैलीको भाँती नपुर्याउँदा र ‘मेरो पछाडि सपोर्ट छ, जे गरेनी हुन्छ’ भनेर जथाभावी गर्दा उनी विवादमा तानिदै गएका छन् । 

केही दिनअघि मात्रै महानगरको बजेटबाट -यापर यमबुद्द (अनिल अधिकारी) को सालिक निर्माण गर्ने निर्णयले उनी विवादमा तानिएका थिए । ब्यापक आलोचना भएपछि उनले उक्त शालिक आफनो तलवबाट वनाउने घोषणा गरे। 

यमबुद्धकै विवाद सेलाउन नपाउँदै उनी अर्को भुमरीमा फसेका छन् । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेपछि उनी विवादमा तानिएका हुन।

पौडेल सञ्चालक रहेको ‘ई–स्पोर्ट’लाई बालेनले १ करोड रकम विनियोजन गरिदिएको चर्चा चलिरहेको छ। नगरपरिषद् बैठकले पारित गरेर छपाइकै क्रममा रहेको बजेट पुस्तिकाको ८ सय ८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको देखिन्छ। 

नेपालमा ‘ई–स्पोर्ट’ सञ्चालन गर्न आधिकारिक कम्पनीको रूपमा पौडेल सहभागी रहेको ‘डिआरएस’ नामक कम्पनी मात्र दर्ता छ । यसले पब्जी, फ्री फायर जस्ता अनलाइन खेलको प्रतियोगीता गराउने गरेको बुझिएको छ ।

महानगरका मेयर बालेन्द्र साहले निर्वाचनका क्रममा रुटिन अफ नेपाल बन्दले गरेको सहयोगको गुन १ करोड रुपैयाँ दिएर तिरेको अर्थमा यसलाई हेरिएको छ । करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यपालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर साहले अनलाइन खेलको नाममा १ करोड रुपियाँ विनियोजन गरेको महानगरका उच्च अधिकारीले जनाएका छन् । 

ई–स्पोर्टसको लगानीकर्तामध्येका भिक्टरकै दबाबमा साहले कार्यक्रम आयोजना गर्ने नाममा १ करोड रुपियाँ विनियोजन गरेको महानगर श्रोतको दावी छ। एक करोडको कार्यक्रम आयोजना गर्न टेन्डर गर्नुपर्ने नियमको पनि वेवास्ता गरिएको महानगरका कर्मचारीहरुको भनाई छ।

यसैगरी, आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपियाँ विनियोजन गरिएको छ । बजेट पुस्तिकाको ८ सय ६६ नम्बरको बुँदामा शालिक निर्माण गर्न १५ लाख रुपियाँ विनियोजन भएको प्रमाण छ । बजेट पुस्तिका भने सार्वजनिक भईसकेको छैन।

यस विषयमा पौडेलले भने चुनावमा रुटिन अफ नेपाल बन्दले बालेनलाई सहयोग गरेकै कारण बजेट दिईएको भन्ने कुरा गलत भएको दावी गरेका छन् । एउटा टेलिभिजनमा पनि यस सम्बन्धि समाचार प्रशारण भएपछि पौडेलले रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । आरोप प्रमाणित गरे ‘झुण्डिएर मर्न तयार छु’ भन्दै भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेन्द्रको यस्तो शैली देखेपछि धरानका मेयर हर्कराज राई (सम्पाङ)सँग उनको तुलना गर्न थालिएको छ। सदिक्षा कार्कीले ट्वीटरमा लेखेकी छिन्–‘धरानका मेयरले २ करोडको श्रमदान जुटाएर खानेपानी ल्याए, काठमाडौका मेयरले हाम्रो पैसाबाट पब–जी खेल्न रुटिनेलाई १ करोड दिन लागेछन्, लौन सत्यतथ्य के हो बुझाइ पाउ, धनपति करको आम्दानी जस्तो त हैन नी महानगरको पैसो।’

यो पनि,

बालेन्द्र साह यमबुद्द भिक्टर पौडेल

विशेष