आगलागमीका विराटनगरको नाङलो रेस्टुरेन्ट जलेर स्वाहा

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । तीनपैनी चोकमा रहेको रेष्टुरेन्टमा बिहीबार दिउँसो आगलागी भएको हो ।
आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको र रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा आएको छ। क्षतीको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।