News

उपसभामुखमा भुसाल निर्वाचित, कम्युनिष्ट फुटेको फाईदा कांग्रेसलाई

उपसभामुखमा भुसाल निर्वाचित, कम्युनिष्ट फुटेको फाईदा कांग्रेसलाई

नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । भुसाल उपसभामुमा १४८ मत ल्याएर विजयी भएकी छिन् । एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख आफुले राख्न चाहेको थियो। सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले सभामुख लिन उपसभामुख शिवमायाँ तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो ।

यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । यसपटक भुसालल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । ०७४ सालको चुनावबाट सांसद भएपछि २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी तुम्बाहाम्फेसँग पराजित भएकी थिईन। भुसाल उपसभामुखमा पराजित हुँदा नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भइसकेको थिएन । तर, दुबै दल वाम गठबन्धनमा थिए ।

तर, यतिवेला कम्युनिष्ट पार्टी फुटेको फाईदा कांग्रेस र भुसाललाई भएको छ। तत्कालीन नेकपा एकता भंग भएपछि नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए। एमाले पनि फुटेर एकीकृत समाजवादी बन्यो। अहिले समाजवादीसहितको सत्ता गठवन्धनले उपसभामुखमा भुसाललाई खडा गरेपछि उनको जित सहज भयो।

उपसभामुखमा निर्वाचित भएपछि भुसालले तटस्थताको उदाहरण देखाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । आफ्नो काँधमा थप जिम्मेवारी थपिएको, दायित्वहरु थपिएको उल्लेख गरिन।

विशेष