News

राजीनामा दिने तयारीमा एआईजी पोखरेल

राजीनामा दिने तयारीमा एआईजी पोखरेल

आईजीपी नियुक्ति विरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् ।

पोखरेलले दर्ता गरेको रिट सर्वोच्चले शुक्रबार खारेज गरिदिएको छ। यस लगत्तै उनले राजिनामा दिने तयारी गरेको जनाईएको छ। सम्भवतः उनले आइतबार राजीनामा बुझाउने उनी निकट स्रोतले जनाएको छ।

सरकारले गत वैशाख १८ गते आईजीपीमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि निर्णय गरेपछि असन्तुष्टि जनाउँदै उनी विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । सहयोगी मार्फत पुनः विदा माग गरेपछि आईजीपी सिंहले उनको विदा अस्वीकार गरेका थिए।

तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ । उनी उमेर हदका कारण अवकास हुने भएका हुन्।

पोखरेल १७ महिना पहिले एआईजी भएपनि सरकारले एक महिना पहिले मात्रै एआईजीमा बढुवा गरेका धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको थियो। वैशाख १९ गते नै दायर भएको रिटमा २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो।

तर सर्वोच्चले त्यतिबेलै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। जेठ १७ गतेलाई अन्तिम सुनुवाइको पेशी तोकिएको थियो।

यो पनि,

आईजीपी धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक विश्वराज पोखरेल

विशेष