News

गभर्नरको राजिनामा मागेपछि कांग्रेस–माओवादीले आफनो पार्टीका कर्मचारी हटाउनु पर्दैन ?

गभर्नरको राजिनामा मागेपछि कांग्रेस–माओवादीले आफनो पार्टीका कर्मचारी हटाउनु पर्दैन ?

एम अधिकारी, खोटाङका नाममा नेकपा एमालेको केन्द्रीय विभागमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारी विवादमा परेका छन् । एम अधिकारी र महाप्रसाद अधिकारी एकै ब्यक्ती भएकाले पार्टीको विभागमा वसेको ब्यक्ति गभर्नर जस्तो पदमा वस्न अयोग्य भएको भन्दै उनको राजिनामा मागिएको छ।

प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसम्मले अधिकारीको राजिनामा मागेका छन् । शुक्रवारको सत्ता गठवन्धन दलका शिर्ष नेताहरुको वैठकमा अधिकारीको प्रसंग उठेपछि कांग्रेस सभापति समेत रहेका देउवाले उनले राजिनामा दिनुको अर्को विकल्प नभएको वताए ।

यसैगरी माओवादी केन्द्रका नेता श्रेष्ठले विहिवार राष्ट्रियसभाको बैठकमा एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाए। ०७३ सालको महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले थपे, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न स्थिति होला कि नहोला भन्ने प्रश्न पनि छ ।’

यो विषय अलमलमा छ भन्ने मान्ने हो भने पनि विवाद भएपछि गभर्नरले राजीनामा दिनुपर्ने उनले भनाई थियो। अरुलाई भन्दा हुने, आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन उनले आग्रह गरे ।

तिनै माओवादीमा पनि छद्म नाम राखेर पार्टीका विभाग वनाउँदा सरकारी कर्मचारी राख्ने गरिएको छ। माओवादीले गत बर्ष मंसीरमा केन्द्रीय बिभाग बनाउँदा निमित्त स्वास्थ्य सचिव रहेका डा. गुणराज लोहनीदेखि सहसचिवसम्मलाई बिभागमा राखेको थियो। लोहनीलाई माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य राखिएको हो ।

उनको छद्म नाम डा. जि. आर. लोहनी हो। डा. लोहनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ‘विशेष’ मान्छेका रुपमा परिचित छन्। लोहनी भन्दा अगाडि डा. जिएन. शर्मा अर्थात स्वास्थ्यकै उपसचिव गुणनिधि शर्माको नाम रहेको छ । गुणनिधि शर्मालाई माओवादी केन्द्रमा राखिएको छ ।

माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख कल्पना धमला थिईन। धमलाको नेतृत्वमा गठन भएको माओवादी केन्द्रको स्वास्थ्य विभागमा अनियमिततामा मुछिएका वीपी प्रतिष्ठानका रेक्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. नीरेश थापासहितका सरकारी, सार्वजनिक पदमा रहेका स्वास्थ्यकर्मीहरू सदस्य थिए । 
 

महाप्रसाद अधिकारी

विशेष