News

हर्क साम्पाङ रवि लामिछानेका आदर्श, कार्यकक्षमै भेट

हर्क साम्पाङ रवि लामिछानेका आदर्श, कार्यकक्षमै भेट

पार्टी निर्माण अभियानमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग भेटघाट गरेका छन् । लामिछानेले शुक्रवार विहान मेयरको कार्यकक्षमै पुगेर भेटघाट गरेका हुन।

साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पुष्टि गरेका छन्। उनले दुवै जनाको फोटो फेसवुकमा राखेर मेयर साम्पाङलाई शुभकामना दिन आएको उल्लेख गरेका छन् ।

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’ लामिछानेलाई उद्धृत गर्दै बोहराले फेसवुकमा लेखेका छन् ।

लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन्। उनी विहिवार झापामा जिल्ला भेलामा सहभागि भएका थिए। त्यहाँ उनले नेपालमै वनेको कपडा मात्र लगाउने र स्टेजमा कहिलै नवस्ने घोषणा गरेका छन् ।
 

रवि लामिछाने हर्क साम्पाङ

विशेष