News

विश्वराज पोखरेलको रिट खारेज, धिरजप्रताप आईजीपी सदर

विश्वराज पोखरेलको रिट खारेज, धिरजप्रताप आईजीपी सदर

आईजीपी नियुक्ती विरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उनले रिट दायर गरेका थिए।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो । यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।

पोखरले साउन २० गते अनिवार्य अवकाशमा जाने छन्। धिरजप्रतापलाई एआईजी नियुक्ति गर्ने निर्णसँगै उनी विदामा वसेका थिए । पहिलो पटक लिएको विदा सकिएपछि उनले सहयोगी पठाएर विदा थप गर्न चाहेका थिए । तर स्वयम उपस्थित हुनुपर्ने प्रावधानलाई टेकेर उनको विदा अस्विकार भएको छ।

यो पनि,

आईजीपी धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक विश्वराज पोखरेल

विशेष