News

के राष्ट्रपतिले मेयर बालेन्द्रलाई अपमान गरेकी हुन?

के राष्ट्रपतिले मेयर बालेन्द्रलाई अपमान गरेकी हुन?

अहिले सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको भेटघाटका क्रममा खिचिएको एउटा फोटो चर्चामा छ। 

फोटो राष्ट्रपति कार्यालयको हो। कोठामा जम्मा ४ जनाको उपस्थिती छ। राष्ट्रप्रति भण्डारी तामझामसहित वसेकी छिन् । त्यसको दायाँ दर्फ ढोकैमा सुरक्षा गार्ड छन्। त्यसको दायाँतर्फ काठमाण्डौंका मेयर बालेन्द्र साह वसेको कुर्सीबाट उठेका छन्। र उनीसँगै छेउको कुर्सीमा एक जना ब्यक्ति वसेका छन् । राष्ट्रपति भण्डारी र उनका सुरक्षा गार्डले मुखमा मास्क लगाएका छन भने वालेन्द्र र उनीसँग रहका ब्यक्तिले मास्क लगाएका छैनन्।

यो फोटो कहिलेको हो र भेटघाटको प्रसंग के थियो ? भन्ने आधिकारिक जानकारी छैन। तर, फोटो निर्कै चर्चामा छ। विशेषगरी राष्ट्रपति भण्डारी र मेयर साह विचको वसाईको दुरी र साहले आफनो कुरा राख्न उभिनु परेको विषयलाई सामाजिक सञ्जालमा आलोचनाको विषय वनाईएको छ।

बसाई निकै टाढा छ। त्यसमाथि मेयर साह उभिएर आफना कुराहरु राखिरहेको देखिन्छ। यसलाई राष्ट्रपतिले मेयर साहलाई अपमान गरेको रुपमा ब्याख्या गरिएको छ। यो फोटा सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले राष्ट्रपतिलाई ‘महारानी’ बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसवुकमा फोटो शेयर गर्दै लेखेका छन्–‘कोरोनाबाट जोगिन? माईक चाहिने होला बोलेको कुरा सुन्न, सुनाउन।’ उनले यति लेखेपछि फोटोमा धेरैले प्रतिक्रिया जनाएका छन्। अधिकांशले राष्ट्रपति भण्डारीको आलोचना गरेका छन् ।

नविन पौडेल नामका फेसवुक प्रयोगकर्ताले क्यानडाका प्रधानमन्त्री र अन्य ब्यक्ति विचको वसाईको अवस्था देखिने फोटोसहित लेखेका छन्–‘क्यानडाका प्रधानमन्त्री अनि राजधानीका मेयर अनि ऊनी हरुका कुर्सी, अनि हाम्रा राजमाता शिवागामि देवी र ऊहाको कुर्सी।’

यसैगरी, लक्ष्मी प्रसाद वखड्योले ‘महारानीको बिलासिता... कठै कस्तो नेता छानेछम हे ईश्वर’ भन्दै लेखेका छन् भने घिमिरे सितारामले ‘बालेन भाईले यति दुरि कायम गर्नु पर्छ भन्ने थाहा भएको भए सायद जानू भन्दा अगाडि एकपटक सोच्थ्यो होला’ भन्दै प्रतिक्रिया जनाएका छन् ।

अनिल श्रेष्ठले ‘श्री ५ वडा महारानी विद्यादेवीको जयहोस’ लेखेका छन् भने–‘सन्तोष पन्थीले राष्ट्रपतिको जागिर सक्केसी भेट्या भए हुनी अब धेरै समय छैन त, लुखुर लुखर आफै आउँथिन् नी महानगरको कार्यालय’ भनेर लेखेका छन् ।

सुमित कटिलाले ‘हैन आम नेपाली जनतासग २० फिटको दुरी अनि विदेशी पाहुनासंग चाहिँ लप्पकै लिसो टासिएझै बस्ने कस्तो सर्वोच्च विचार हो यो’ भन्दै प्रश्न गरेका छन् । यतिमात्रै होईन, सामाजिक सञ्जालमा यो फोटोको विषयलाई लिएर भण्डारीको तिव्र आलोचना भईरहेको छ।


 

विद्यादेवी भण्डारी बालेन्द्र साह

विशेष