News

प्रेस चौतारीका उपाध्यक्षलाई विद्युत कर्मचारीले कुटे

प्रेस चौतारीका उपाध्यक्षलाई विद्युत कर्मचारीले कुटे

चितवनमा विद्युत प्राधिकरणका कर्मचारीद्वारा पत्रकार कुटिएका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेका हुन् । आचार्य प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष हुन।

कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचना पाएपछि उनी समाचार संकलन गर्न गएका थिए । सोही कारण आचार्यमाथि कुटपिट भएको जनाईएको छ। आचार्यको शरिरमा कुटपिटका कारण चोट लागेको छ भने कपडा च्यातिएका छन्।

कुटपिटबाट उनले भागेर ज्यान जोगाएका छन् । तर, कर्मचारीले उनको साथमा रहेका दुई वटा मोबाइल खोसेका छन् । नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत रहेका आचार्य रासस चितवनका समाचारदाता पनि हुन् ।

जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको डिएसपी नरहरी अधिकारीले बताए ।

विशेष