News

भारतीय विदेशमन्त्री जयशंकरले प्रचण्डलाई किन भेटे होटलमा ?

भारतीय विदेशमन्त्री जयशंकरले प्रचण्डलाई किन भेटे होटलमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेका छन् ।

भारतको ३ दिने भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री दाहालले विदेशमन्त्री जयशंकरसँग नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन् । जयशंकरले भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा रहेका दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘छिमेकी पहिलो’ नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि उनले बताएका छन् । 

दाहालसँगको भेटपछि उनले लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्लसहित भ्रमणमा गएका दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर स्वदेश फर्कने कार्यक्रम छ। 


यो पनि,

दिल्लीले जुराई दिएको प्रचण्ड–आरुजु भेटः स्वदेशी नेता भेट्न विदेशी भुमि किन ?

चीनियाँ नेताको नेपाल भ्रमणले दिल्लीमा खिचडीः प्रचण्ड उडे, आरजु उतै

विशेष