News राजनीति

कम्युनिस्टहरूसँग कांग्रेसको तालमेल नमिलेको जस्तो आभास भइरहेछः कोईराला

कम्युनिस्टहरूसँग कांग्रेसको तालमेल नमिलेको जस्तो आभास भइरहेछः कोईराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र कम्युनिस्टबीचको गठबन्धन नमिलेको जस्तो देखिएको टिप्पणी गरेका छन् ।

शनिबार गैडाकोटमा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलको पुस्तक ‘लय छुटेको समय’ को विमोचन गर्दै नेता कोइरालाले यस्तो वताएका हुन। ‘जुन राजनीतिक शक्तिसँग प्रजातन्त्र, समाजवाद र राष्ट्रियताबारे विचार मेल खान्छ त्योसँग तालमेल गर्ने, गठबन्धन गर्ने कुरा हुन्छ’ उनले भने–‘पोस्ट इलेक्सनपछि पनि सरकार बनाउनका लागि तालमेल हुन सक्छ । कम्युनिस्टहरूसँग नेपाली कांग्रेसको तालमेल अलिकति नमिलेको हो कि जस्तो आभास भइरहेछ।’

कोइरालाले नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई कमजोर नबनाइकन आगामी प्रदेश र संघको चुनावमा तालमेल र गठबन्धन गर्नेबारे निर्णय गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन् । ‘नेपाली कांग्रेसको अस्तित्व समाप्त नहोस् भनेर अहिले हामी लडिरहेका छौँ । कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी चुनावमा जानुपर्छ’– उनले भने।

कोईरालाले आफूहरू कसैको दास नभएको बताउँदै नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउनका लागि आफूहरू लडिरहेको बताए । ‘नेतृत्वलाई गलत ग¥यौँ भनेर भन्न सकेनौँ भने तिमीहरू दास हौ भन्नु भएको थियो बीपी कोइरालाले’ कोईरालाले थपे –‘हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ, हामी बोल्छौँ ।’

नेतृत्वलाई करेक्सन गर्ने बाटो भनेन भने नेतृत्वले जे पनि गर्ने उनको भनाई छ। 

शेखर कोइराला

विशेष