बलात्कार आरोपमा प्रेमी र प्रहरीसहित ४ जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रेमीसँग भागेकी एक किशोरीलाई सशस्त्र प्रहरीसहित मिलेर सामुहिक बलात्कार गरिएको छ। बलात्कार आरोपमा प्रेमी र सशस्त्र प्रहरीसहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी छन् । उनीहरुले २० वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लगाईएको छ।
प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र किशोरीबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ। उनीहरु विवाह गर्न भन्दै असार २३ गते राति मोटरसाईमा भागेका थिए । उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जनाईएको छ।
किशोरी बलात्कृत भएको जानकारी प्रहरीले विहिवार नै पनाएको थियो। शुक्रवार जाहेरी पनि परेपछि आरोपित चारै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।