News

नगरसभामा विवाद हुँदा डिएसपीले वडाध्यक्षलाई स्विमिङ पुलमा पछारेपछि...

नगरसभामा विवाद हुँदा डिएसपीले वडाध्यक्षलाई स्विमिङ पुलमा पछारेपछि...

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको १२ओैं अधिवेशनको चौथो बैठकमा धकेलाधकेल हुँदा एक जना वडाध्यक्षलाई प्रहरीले स्विमिङ पुलमा चोवलेको छ। तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले हुत्याएर स्वीमिङ पुलमा पछारेका छन् ।

डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई स्विमिङ पुलमा धकेलेर पछारेको भिडियो अहिले ब्यापक चर्चाको विषय भएको छ। आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर स्विमिङ पुलभित्र पछारेको एमालेका जनप्रतिनिधिहरुले आरोप लगाएका छन्।

मणिग्राम पार्टी प्यालेसमा आयोजित नगरसभामा बजेट पास गर्ने विषयमा नगर प्रमुखले एमालेका जनप्रतिनिधिलाई माइन्युटमा हस्ताक्षर गर्न नदिई प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीलाई लुकाउन लगाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका थिए ।

यसैविचमा विवाद वढ्दै जाँदा डिएसीले वडाध्यक्षलाई पानीमा फालेपछि स्थिती अझै अनियन्त्रित भएको थियो। नगरसभा सुरु भएसँगै मेयरले गणपूरक संख्या नपुगेको भन्दै रोक्न खोजेपछि उपमेयर जागेश्वरी चौधरीसहितका एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाए ।

प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीको योजनामा प्रहरीले वडाध्यक्षमाथि आक्रमण गरेको भन्दै उनीहरुले ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेका छन। प्रहरीले भने वडाध्यक्षलाई पछारेको अस्विकार गरेको छ। सामान्य धकेलाधकेल भएको डिएसपी केसीले वताए । 

गत असार १० गते प्रस्तुत गरिएको बजेट पारितको लागि उपप्रमुख जगेश्वरदेवी चौधरीले असार २१ गतेको लागि नगरसभा आह्वान गरेकी थिईन्। तर नगर प्रमुख रामकृष्ण खाणले २१ गतेको नगरसभालाई २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए।

गणपुरक संख्या नपुगेको भन्दै ३१ गतेको बैठक स्थगित गरेका खाणले आईतबारको बैठक पनि स्थगित गरि अर्को बैठकमा अल्पमतमै बजेट पास गर्ने योजनामा रहेको उपप्रमुख चौधरीले बताईन्। नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहे पनि एमालेका जनप्रतिनिधिले भने बजेटसँगै न्यायीक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भएकोले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए। 

नगरप्रमुख खाणले भने विषयगत समिति गठन गर्न नचाहेको जनार्यएको छ। नेपाली काङ्ग्रेसबाट मेयर र एमालेबाट उपमेयर निर्वाचित तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका ४१ र एमालेका ४८ जना जनप्रतिनिधि निर्वाचित छन्।
 

तिलोत्तमा नगरपालिका

विशेष