News

प्रचण्डको सचिवालयको स्पष्टिकरणः आरजुसँगको भेटलाई गलत ब्याख्या गरियो

प्रचण्डको सचिवालयको स्पष्टिकरणः आरजुसँगको भेटलाई गलत ब्याख्या गरियो

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री पत्नि आरजु राणाबीच भएको भेटलाई गलत तरिकाले ब्याख्या गरिएको भन्दै दाहालको सचिवालयले आपत्ति जनाएको छ।

दाहाल र उपचारका लागि भारतमै रहेकी कांग्रेस नेतृ आरजुबीच शनिबार बिहान र शुक्रवार साँझ भेट भएको थियो। प्रचण्ड र राणाबीच भारतमा भेट भएको समाचार बाहिरिएसँगै विभिन्न टिकाटिप्पणी भएका थिए। 

यो भेटलाई कपितयले राजनीतिक लेनदेनको रूपमा अथ्र्याउँदै आलोचना गरेका थिए। एमाले सांसद शान्ता चौधरीले ‘उनिहरुको अगाडि बसेरै कसम खानुपर्ने बाध्यता भएर पो दिल्ली जानुभएको रहेछ क्याहो ?’ भन्दै आलोचना गरेकी थिईन।

शनिवार विहानको भेटको चाँजो भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मिलाएका थिए । ती टिकाटिप्पणीलाई लिएर दाहालको सचिवालयले खण्डन गरेको छ। स्वभाविक भेटलाई गलत नियतका साथ प्रचार गरिएको दाहालको सचिवालयले आपत्ति जनाएको हो। 

शनिबार राति जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ’शनिबार बिहान भारतका लागि नेपाली राजदूतावासमा महामहिम शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनुभएकी कांग्रेस नेतृ डा. आरजु राणा देउवासँग कमरेड अध्यक्ष (प्रचण्ड) को ब्रेकफास्टकै क्रममा सामूहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। यस विषयलाई लिएर केही मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।’

अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पूर्णतः खारेज गरेको जनाईएको छ।

यो पनि,
दिल्लीले जुराई दिएको प्रचण्ड–आरुजु भेटः स्वदेशी नेता भेट्न विदेशी भुमि किन ?

विशेष