News

देउवालाई कोईरालाको प्रश्नः अर्बौको चलखेलम मुछिएका अर्थमन्त्रीलाई कारबाही किन नगरेको ?

देउवालाई कोईरालाको प्रश्नः अर्बौको चलखेलम मुछिएका अर्थमन्त्रीलाई कारबाही किन नगरेको ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्बौको चलखेल र लेनदेनमा मुछिएका अर्थमन्त्रीलाई कारबाही किन नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बिहीबार काठमाडौंमा आफूनिकट नेताहरुसँगको छलफलका क्रममा कोइरालाले देउवामाथि यस्तो प्रश्न उठाएका हुन्।

मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दुःखद भएको बताएका कोईरालाले भने–‘अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ?’

निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने र ब्यबस्था नै दाउमा पर्ने धारणा राखे । ‘राष्ट्रहित र आम नागरिकको हितभन्दा कांग्रेस पार्टी र सभापति देउवा वा अरु कसैको किमार्थ हित हुनुहुँदैन’ उनले भने–‘तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन, व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ।’
 
 

विशेष