काठमाण्डौंका सडक बालबालिकालाई भारत पुर्याइ मृगौला वेच्ने ५ जना पक्राउ
![काठमाण्डौंका सडक बालबालिकालाई भारत पुर्याइ मृगौला वेच्ने ५ जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/kidni.jpg)
सडक बालबालिकिालाई विभिन्न प्रलोभनमा पारेर उनीहरुको मृगौला विक्रि गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् । उनीहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई भारत लगेर मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।