News

जव गाउँपालिका अध्यक्ष र पूर्व सांसदलाई स्थानीयले बाँधेर मन्दिर पुर्याए...

जव गाउँपालिका अध्यक्ष र पूर्व सांसदलाई स्थानीयले बाँधेर मन्दिर पुर्याए...

लामो समयसम्म वर्षा नभएर खडेरीले आक्रान्त भएका पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले त्यही झोंकमा जनप्रतिधिलाई पाता कसेका छन् । किसाले जनप्रतिनिधि र गाउँका अगुवाहरुले बाँधेर मन्दिरसम्म पु-याएका छन्।

किसानले गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलगायतलाई बाँधेर मन्दिर पु-याए।

खडेरीले आक्रान्त हुँदा गाउँका अगुवालाई बाँधेर मन्दिर पुर्याए पानी पर्छ भन्ने विश्वासमा उनीहरुले यस्तो उपाय निकालेका हुन। ‘गाउँमा समस्या पर्दा अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन पुरानै हो’ अध्यक्ष चौधरीले भने–‘यसो गर्दा पहिला समस्या समाधान हुन्थ्यो। अहिले जनप्रतिनिधि नै गाउँका अगुवा हुन्, त्यसैले जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो।’

चौधरीका अनुसार तीन दिनसम्म पूजा अर्चना गरि अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्ने चलन छ। भगवान खुसी भएर पानी पार्ने विश्वास स्थानीयको छ।

अन्तिम दिनमा महिलाले हलो जोत्ने, बालबालिकालाई हिलो पानीमा खेलाउने, अगुवालाई हिलो छ्याप्ने जस्ता परम्परा रहेको चौधरीले बताए।  २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ। 

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार जिल्लामा यस वर्ष ९६ प्रतिशत धान रोपाई भएको छ। 
 

पश्चिम नवलपरासी

विशेष